दुई लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

किसान र जाल्पा मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको छ । मातृभूमिको असार २७ गतेबाट एकीकृत कारोबार शुरू हुने भएको छ ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तले मर्जका लागि जेठ २९ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस्तै दुवै संस्थाको डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु