एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको निफ्राको संस्थापक सेयर बिक्री



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ ।

संस्थाले बैंकमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा बैंकको संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्ने छ ।

तोकिएको समयमा आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थाहरूलाई सेयर आवेदन खुला गरिने छ ।


क्लिकमान्डु