विश्‍वका १० सहर: जहाँ घर खरिद गर्न असम्भव जस्तै छ



एजेन्सी । पछिल्लो दुई दशकमा हाउजिङ मार्केटलाई अवलोकन गर्नेहरु कोही पनि व्यक्तिलाई के थाहा छ भने केही देशहरु, विशेषगरी अमेरिकामा घर खरिद गर्न ज्यादै मुस्किल छ । तर हालैको एक रिपोर्ट अनुसार विश्वका केही प्रमुख सहरहरुमा घर खरिद गर्न असम्भव जस्तै भएको खरिदकर्ताहरुले बताएका छन् ।

२० वर्षदेखि घरको मूल्य ट्र्याक गर्ने वार्षिक डेमोग्राफिक इन्टरनेशनल हाउजिङ अफोर्डेबिलिटी रिपोर्ट अनुसार घर खरिदका लागि सबैभन्दा मुस्किल हुने १० प्रमुख सहरहरुमध्ये वेस्ट कोस्ट र हवाइमा रहेका पाँच अमेरिकी सहरहरु छन् ।

तीमध्ये क्यालिफोर्निया, सान जोस, लस एन्जल्स, सान फ्रान्सिस्को र सान डियागो अमेरिकाका यति महंगा सहर हुन्, जहाँ घर खरिद गर्न असम्भव जस्तै हुने बताइएको छ । यसवाहेक अन्य देशका महंगा सहरलाई पनि यो सूचीमा राखिएको छ ।

अस्ट्रेलिया अमेरिकावाहेक अर्को त्यस्तो देश हो जसलाई घर खरिद गर्न असम्भव रुपमा कठिन सूचीमा राखिएको छ । अस्ट्रेलियाका सिड्नी र भिक्टोरियाका दक्षिणी सहर मेलबर्न र दक्षिण अस्ट्रेलियाको एडिलेडलाई पनि यस सूचीमा राखिएको छ ।

हङकङ यस्तो ठाउँ हो जुन साना अपार्टमेन्ट र अत्यधिक महंगो भाडाका लागि परिचित छ । हङकङ विश्वका अन्य सहरको तुलनामा कम किफायती छ । तर घर खरिदका लागि यो सहर पहिले जसतो कठिन मानिदैन । २०२० मा कोरोना महामारीपछि यहाँ सरकारले जब सहरको सिमाना बन्द गरिदियो साथै जिरो कोभिड पोलिसी लागू गर्‍यो ।

किन महंगो ?

हाउजिङ अफोर्डेबिलिटी रिपोर्टले औसत घरको मूल्यलाई कुल औसत परिवार आयले विभाजित गरेको ‘प्राइस टु इनकम’ अनुपात प्रयोग गरेर किफायतीदर मापन गर्छ । यसले महामारीको समयमा बढ्दो रुपमा रहेको घरबाट काम गर्ने प्रवृत्तिलाई सहरका सिटी सेन्टरबाहिरका लागि ‘डिमान्ड सक’ लाई जोडेर हेरेको हुन्छ ।

साथै घरको बढ्दो मूल्यमा सहरी फैलावट रोक्नको लागि डिजाइन गरिएका योजना लगायत जग्गा प्रयोग सम्बन्धी नीतिहरूलाई पनि उक्त अध्ययनले आधार मानेको छ । यस क्रममा क्यानडाका भ्यानकुभर र टोरन्टोलाई पनि घर खरिदका दृष्टिले अत्यधिक कठिन हुने सहरको रुपमा लिइएको छ । विश्वभर ९४ महंगा सहरहरुमा गरिएको अध्ययनका आधारमा रिपोर्ट सार्वजनिक गरिएको हो ।

यससँगै हाउजिङ अफोर्डेबिलिटी रिपोर्टले घर खरिदका लागि सहज सहरहरुको पनि पहिचान गरेको जनाएको छ । ती सहज सहरमा अमेरिकाका पिट्सबर्ग, रोचेस्टर र सेन्ट लिइसलाई लिइएको छ । यस्तै क्यानडाका एडमन्टन र क्यालगेरीलाई यो सूचीमा राखिएको छ । साथै युकेका ब्ल्याकपुल, लेन्सासायर र ग्लास्गोलाई पहिचान गरिएको छ । यस्तै अस्ट्रेलियाका पर्थ र ब्रिसबेनलाई सहज सूचीमा राखिएको छ ।

घर खरिदका लागि असम्भव जस्तै वा अत्यधिक मुस्किल पर्ने १० सहरहरु :
हङकङ
सिड्नी
भ्यानकुभर
सान जोस
लस एन्जल्स
होनोलुलु
मेलबर्न
सान फ्रान्सिस्को
सान डियागो
टोरन्टो


क्लिकमान्डु