सिटिजन्स बैंकका ग्राहकलाई २५ प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वीरगञ्जको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको बताको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु