बिएलडिसी सिलिङ फ्यानसहित सीजीका नयाँ मोडल फ्यानहरु बजारमा



काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मीलाई मध्यनजर गर्दै पहिलो पटक बिएलडीसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडीसी फ्यान टुडे’ नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने प्रवृधि यस फ्यानमा रहेको कम्पनीले जनाएको छ ।

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्डको रुपमा बिएलडीसी टेक्नेलोजी रहेको छ । साथै रोबस्ट र रिलायबल बिएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।

नेपालको विशेषगरी तराई जस्तो गर्मी क्षेत्रमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने गर्छ । यस्तो अवस्थामा फ्यान पनि सोही अनुसार घुम्ने गर्छ । यही अवस्थालाई मध्यनजर गर्दै सिलिङ फ्यान ल्याइएको सीजीले बताएको छ ।

यस फ्यानमा ११० देखि २८० बीचको कुनै पनि भोल्टमा तीव्र गतिमा घुम्नसक्ने उच्च प्रविधिको प्रयोग हुने पनि बताइएको छ । रिमोटको सुविधा पनि रहेको यस फ्यानमा कम्पनीले मोटर र पिसिबीएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको बताइएको छ ।

नेपालमा चौधरी ग्रुपले सीजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदैआएको छ । यस्तै सीजीले विभिन्न डिजाइन र मोडलमा अरु पनि थुप्रै नयाँ सिलिङ, स्ट्यान्ड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ ।


क्लिकमान्डु