आइसल्यान्डको महावाणिज्यदुतावास काठमाडौंमा, विदुषी राणा भन्छिन्ः सम्बन्ध थप प्रगाढ बनाउँछु



काठमाडौं । काठमाडौंमा आइसल्यान्डको महावाणिज्य दुतावास स्थापना भएको छ । नेपाल–आइसल्यान्ड सम्बन्धमा नयाँ अध्यायको सुरुवातस्वरुप सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नयाँ महावाणिज्य दूतावास स्थापना भएको हो ।

नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणा गत पुसमा नियुक्त भएकी थिइन् । राणा महामावाणिज्य दुत नियुक्ति तथा नयाँ महावाणिज्य दुतावासको उद्घाटको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरियो ।

कूटनीतिक कोशेढुंगाको महत्व झल्काउने सो कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए । सो अवसरमा आइसल्यान्डका राजदूत गुड्नी ब्रागासनले नेपाल र आइसल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गरे । यस्तै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणाले महावाणिज्यदुतमा विदुषी राणालाई नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्दै महिलाले कुटनैतिक क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नवनियुक्त महावाणिज्यदुत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगको लागि महत्वपुर्ण भुमिका खेल्ने बताइन् । राणाले नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन् । उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू प्रकाश पारिन् र दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवद्र्धधन गर्न आफ्नो भूमिका रहने बताइन् ।

सो अवसरमा प्रमुख अतिथि भण्डारीले महावाणिज्यदुत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्यक्षेत्रको विकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा देशका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेका थियो ।


क्लिकमान्डु