
काठमाडौं । एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर (सीबी) लामा लाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनी कान्तिपुर सेभिङका पूर्वअध्यक्ष हुन्
आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभबिरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए।
त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए ।
२०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको उनले बताए ।
‘मिति २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ,’ भट्टराईले भने, ‘प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ दुई तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ । खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो । २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ ।’
काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस ८ का बासिन्दा लामा २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा काम गर्थे ।
२०५२ भदौमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा उनले काम गरेका थिए ।
उनको साथबाट सामसुङ मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र ६ थान सिम फेला परेको प्रहरीले जनाएको छ ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न आएको उनले बताए ।
साउन १ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको थियो । उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भट्टराईले बताए ।
लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया