सहकारी ठगीको आरोपमा कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा नेपाल-भारत सीमाबाट पक्राउ



काठमाडौं । प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका पूर्वअध्यक्ष सिबी (चन्द्र बहादुर तामा‍ङ) लामालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समेत रहेका छन् ।

कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्ताको करिब ९ अर्ब बचत अपचलन गरेको अभियोगमा लामालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

प्रहरीले गत फागुनमा कान्तिपुर सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरेको छ । लामाले सहकारीको १ अर्ब रुपैयाँ ठगी गरेका छन् ।

कान्तिपुर सहकारीले बचतकर्ताको ७ अर्ब १५ करोड रुपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै बचतकर्ताको उजुरी परेको छ । यी दुवै सहकारी संस्थालाई सरकारले समस्थाग्रस्त घोषणा गरिसकेको छ ।


क्लिकमान्डु