७७ अपार्टमेन्टले लिए निर्माण स्वीकृति, बनिसकेका ३८ अपार्टमेन्टले लिएनन् निर्माण सम्पन्न



फाइल तस्बिर

काठमाडौं । गत आर्थिक वर्षसम्म देशभर ७७ अपार्टमेन्टले निर्माणका लागि स्वीकृति लिएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागले २०८० आषाढ मसान्तसम्म ७७ अपार्टमेन्टको ७ हजार १०२ आवास एकाइ निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो ।
जसमध्ये यो वर्षसम्मको ३ हजार ८६६ सम्पन्न भएका छन् ।

२०६२ देखि २०६९ सालसम्मको अवधिमा निर्माण स्वीकृतिको लागि अनुमति लिएका ३८ अपार्टमेन्टका ३ हजार ८१ आवास एकाइले निर्माण सम्पन्न प्रमाणपत्र लिएको नदेखिएको महालेखा परीक्षकको ६१ औं प्रतिवदेनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु