खुकुलो भयो घर र गाडी कर्जा



काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा हेरफेर गरेको छ । केन्द्रीय बैंकले १४ वटा व्यवस्थामा हेरफेर गर्दै ५ वटा व्यवस्थामा संशोधन गरेको हो ।

आइतबार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न, बैंकहरुलाई २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न तथा २५ लाखभन्दा ठूलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यस्तै, फाइनान्सियल एक्सन टास्क फोर्सले खैरोसुचीमा राखेका मुलुकमा नेपालका वाणिज्य बैंकलाई शाखा खोल्न नदिने व्यवस्था पनि गरिएको छ ।


क्लिकमान्डु