दे‍शभरका सहकारीको चुक्ता पुँजी ९५ अर्ब, साढे ११ हजार संस्था ‘नजर बाहिर’



काठमाडौं । फागुन मसान्तससम्म ३१ हजार ४५० वटा सहकारी संस्थाको कुल सेयर पुँजी ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

सहकारी संस्थाले ४ खर्ब ७८ खर्ब ११ करोड बचत परिचालन गरेका छन् भने ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह गरेका छन् । यो अवधिसम्म सहकारीमा सदस्य संख्या ७३ लाख ८३ हजार ५२८ रहेको छ ।

फागुन मसान्तसम्म सहकारीमा ९४ हजार २ जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सरकारले सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी बनाउन तथा एकीकृत तथ्याङकको व्यवस्थापन गर्न सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) विकास गरेको छ ।

फागुन मसान्तसम्म १९ हजार ९८० संस्था कोपोमिसमा आबद्ध भएका छन् । अझै ११ हजार ४७० सहकारी कोपोमिसमा आबद्ध भएका छैनन् । यी सहकारी अझै सरकारको नजरमा पर्न सकेका छैनन् ।


क्लिकमान्डु