सिटिजन्स बैंकका ग्राहकलाई काभ्या हस्पिटलमा छुट



काठमाडौं । जनकपुरधामस्थित काभ्या हस्पिटलले सिटिजन्स बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट दिने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जनकपुरधामस्थित काभ्या हस्पिटल प्रालिबीच यस्तो समझदारी भएको हो ।

नयाँ समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरुमा २५% सम्मको आकर्षक छुट पाउने बताइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।


क्लिकमान्डु