नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संस्थापकको १ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न लागेका छन् ।

बैंकले संस्थापकको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । जसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु