राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद्मा जारी गतिरोधबारे पौडेलको चासो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिए ।


क्लिकमान्डु