मुक्तिनाथ विकास बैंकले दुई जिल्लामा गर्‍यो वृक्षरोपण



एजेन्सी । मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरी जिल्लाका दुई स्थानीय तहमा ३५० वटा कागतीका बिरुवा वृक्षरोपण गरेको छ ।

बैंकले इलामको इलाम नगरपालिकास्थित चियाबारी र पाटेनागीमा २५० वटा बिरुवा रोप्नुका साथै महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसान नगरमा १०० वटा कागतीका बिरुवा रोपेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्नका लागि यस्तो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी देशभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यस्तै मोबाइल बैंकिङ क्युआर कोड अनलाइन कर्जा आवेदन अनलाइन खाता खोल्ने इन्टरनेट बैंकिङ लगायतका सेवा यस बैंकले दिँदै आएको छ ।


क्लिकमान्डु