प्रधानमन्त्रीसँग २५ लाख नगद, जग्गा श्रीमतीको नाममा, कति छ सुन ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालको नाममा अचल सम्पत्तिको रुपमा दीवंगत श्रीमती सीता दाहालको नाममा भरतपुर महानगरपालिकामा १५ कठ्ठा जमिन र घर रहेको छ । जमिन पैतृक भएको उल्लेख गरिएको छ।

यस्तै दाहालको नाममा चल सम्पत्तिको रुपमा एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ साथै पाँच तोला सुन रहेको विवरणमा उल्लेख छ।


क्लिकमान्डु