राष्ट्रिय बाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम छनोट



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम तयार भएको छ ।

बैंकको सीईओ छनौट समितिले आवेदन दिएका मध्येबाट ५ जनाको नाम तयार पारेको हो । जसमा देवेन्द्र रमण खनाल, कृष्ण बहादुर अधिकारी, बिष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी र शंकर केसी रहेका छन् ।

५ जनाको अन्तरवार्ता र प्रस्तुतिकरण जेठ ९ गते हुने भएको छ ।


क्लिकमान्डु