सूर्यदर्शन र रवि लामिछाने तोकेरै छानविन समिति बनाउनुपर्छः गगन थापा




काठमाडौं । रवि लामिछानेले संसदमा कांग्रेमाथि आरोप लगाएपछि कांगेस सभापति गगन थापाले पत्रकार सम्मेलन गरेर लामिछानेले लगाएको आरोपको प्रतिकार गरेका छन् । तपाईहरु सबै चोर हो त्यसैले मैले पनि चोर्न पाउँनुपर्छ भन्ने आशयले रवि लामिछानेले संसदमा बोलेको कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

उनले गृहमन्त्री भएकै कारण सबै छानविन गर्नुपर्छ तर कसैलाई पनि नधम्काउन आग्रह पनि गरे । सूर्यदर्शनमा रवि लामिछानेले पैसा लिएको भेटिएको छ भने सूर्यदर्शनमा रविकै आवेदन दिएर ऋण लिएको भेटिएको छ भने सुप्रिममा पनि रविले नै पैसा लिएको भेटिएको पनि थापाले बताएका छन् । थापाले भने, ‘रविको ठाउँमा हरि लामिछाने भएको भने के हुन्थ्यो ? प्रहरीले सोध्ने थिएन् ?’ उनले प्रश्न गरे ।

रवि लामिछानेले नयाँ पार्टी भन्दै उनले मूल विषयलाई बहकाउन खाेजेकाे पनि बताए । कांग्रेसले भनेकाे सूर्यदर्शन सहकारीकाे पैसा रविले नै अपचलन गरेकाे देखिएकाे हाे त्यसैले समिति बनाउनै पर्छ भनेकाे हाे । गाेर्खा मिडियाकाे जायजेथा नबेच्ने हाे भने सूर्यदर्शनकाे पैसा उठ्दैन त्यसैले पनि यही विषयमा छानविन गर्नुपरेकाे पनि थापाले बताए ।

थापाले भने काेही कसैले गल्ती गरे सबै व्यक्ति र पार्टीमाथी छानविन हुने र गल्ती गर्नेले सजायँ पाउनुपर्ने उनले बताए ।


क्लिकमान्डु