काठमाडौं महानगरले चलायो गौशाला-चाबहिल चोकका घरमा डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला-चाबहिल चोकमा सडक अतिक्रमण गरि बनाएका घरहरुमा डोजर चलाएको छ ।
सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा आइतबार बिहान महानगरले डोजर चलाएको हो।
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौं महानगरपालिकाले पछिल्लो ममय सडक मिचेर बनाएर घर टहरा भत्काउने अभियान चलाएको छ ।