बालुवाटारमा छलफल : सभामुख, देउवा, ओली र लामिछाने सहभागी



काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

उक्त छलफलमा कांग्रेस नेताहरूलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णप्रसाद सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको छ । शनिबारको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।

सुरुमा प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष ओलीले छलफल गरेका थिए । त्यसपछि गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेलाई बोलाइएको थियो । अहिले पुनः प्याकेजमा सहमति जुटाउन कांग्रेसलाई बोलाइएको बताइएको छ ।


क्लिकमान्डु