चोरीमा संलग्न मोवाइल पसल सञ्चालकसहित ६ जना पक्राउ



काठमाडौं । ललितपुरमा चोरी गर्ने समूहका ६ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर महानगरपालिका २१ खोकनाका नवराज गुरुङको घरमा चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ का २८ वर्षीय सुवास सुनार, रामेछाप दोरम्बा गाउँपालिका ४ घर भई ललितपुर १५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, काठमाडौं मुलपानी बस्ने ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका ३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा १४ का मोहम्मद समिर रहेका छन् ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको मोबाइल किनबेच गरेको प्रहरीले जनाएको छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

गुरुङको घरबाट वैशाख ९ गते सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।


क्लिकमान्डु