प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय



काठमाडौं । सरकारले वर्तमान मन्त्रिपरिषदका सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

जेठ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ । अघिल्ला सरकारको पालदेखि नै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको थिएन ।

केही समयदेखि सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्ने गरेको भएपनि सार्वजनिक भने हुने गरेको थिएन ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ ।

यसअघि मन्त्रिपरिषद कार्यव्यवस्था नियमावली संशोधन गरेर मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ ।


क्लिकमान्डु