८ करोड बराबरको साढे २ किलो कोकिनसहित काठमाडौंबाट ३ विदेशी महिला पक्राउ
काठमाडौं । युगान्डाबाट आएका दुई महिला २ किलो ६५४ ग्राम कोकिनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त लागुऔषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी ४४ वर्षीय युगाण्डाली महिला केभिना मुगलाले प्लास्टिकले र्याप गरेर
पेटभित्र निलेको अवस्थामा ९० वटा कोकिन क्याप्सुलहरु १ केजी २६० ग्राम फैला परेको थियो ।
त्यस्तै पक्राउ परेकी अर्की युगान्डाली नागरिकले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो । ती चकलेटमा १ केजी ३९४ ग्राम कोकिन बरामद भएको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै कोकिन लिन आउने भरतीय महिला वर्ष ३३ कि दिवाजनी पाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्ररी उपरीक्षकसमेत रहेका प्रवक्ता रामेश्वर कार्कीले लागुऔषध कोकिन २ केजी ६५४ ग्रामको बजार मूल्य अन्दाजी ७ करोड ९३ लाख हुन आउने जानकारी दिए ।