सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजबिन तथा संरक्षणमा निरन्तरता दिने



काठमाडौं । सरकारले पूर्वराजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणमा निरन्तरता दिने भएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिने उल्लेख गरेका हुन् ।

साथै प्राप्‍त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिने पौडेलले बताए ।


क्लिकमान्डु