बैंकर्स संघ र बिमक संघबीच सूचना आदानप्रदान सम्झौता



काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बिमक संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी र नेपाल बिमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।


क्लिकमान्डु