कांग्रेसको निश्कर्ष : सरकारले आफै सदन अवरुद्ध गरेको छ



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन्।

बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमवार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।

सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया बिरुद्ध कसरी प्रश्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

बैठकमा नेताहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए।

‘पार्टी सभापति, पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा अहिलेको संसदमा भईरहेको गतिरोध अरु विभिन्न विषयहरुको बारेमा हामीले छलफल ग¥यौं। र हिजो संसदमा हामीहरुले सभामुखसँग पनि र अन्य दलहरुसँग पनि छलफल गरेर संसदको गतिरोध पनि अन्त्य होस्,’ महामन्त्री थापाले भने, ‘हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासहायता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत ग¥यो,र सम्माननीय सभामुखले पनि जसरी संसदको अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो।’

काँग्रेसले शुक्रवार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ।


क्लिकमान्डु