अमेरिका पठाउने भन्दै केन्यामा १५ नेपाली ९ महिना बन्धक, साढे ७ करोड ठग्ने ३ जना पक्राउ



काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेहो हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी-२ घर भइ हाल बुढानीलकण्ठ-११ कपन बस्ने ४७ वर्षका टासी शेर्पा, सिन्धुपाल्चोककै साविक कर्थली गाविस १ घर भइ हाल जोरपाटी बस्ने वर्ष ४२ की ङिमबुटी शेर्पा र सोही जिल्लाको जुगल गापा १ घर भइ जोरपाटी बस्ने वर्ष १९ वर्षकी निमा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले १५ जना नेपालीबाट ७ करोड ५० लाख रुपैयाँ उठाएको र प्रहरीको सम्पर्कमा आएका १० जनाबाट ५ करोड ५० लाख रुपैयाँ संकलन गरेको खुल्न आएको कार्यालयले जनाएको छ ।

अमेरिका र क्यानडामा मासिक ४ लाख माथि कमाइ हुने भन्दै प्रलोभनामा पारि प्रतिव्यक्ति ५० लाख उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

भिषा निकाल्न तथा डकुमेन्ट अप्लाइ गर्न सुरुमा ५ लाख लिने र क्रमश: विभिन्न बहानामा ५० लाख रुपैयाँ उनीहरुले पीडितबाट लिने गरेको पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

काठमाडौंबाट दुबई ट्रान्जिट बनाइ केन्याको राजधानी नैरोबि पुगेपछि उनीहरुले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले अमेरिका हिँडेकाहरुलाई रिसिभ गरी ट्याक्सीमा राखि केन्याको जिमिरमानमा भाडामा लिएको घरको २ वटा फ्ल्याटमा ६ महिना राखेका थिए ।

उक्त घरमा पुगेपछि पीडितहरुकबाट २/३ सय डलर मात्र बाँकी राखि सबै डलर र पासपोर्ट एजेन्टले लगेका थिए ।

काम हुँदैछ भन्दै ६ महिनासम्म कोठामा बन्धक बनाइ राखेपछि सोही स्थानमा बसिराख्यो भने प्रहरीले पक्राउ गर्छ भन्दै त्यहाँबाट गाडीमा राखि १ घण्टाको दूरीमा रहेको नैरोवीस्थित किनो भन्ने स्थानमा अर्को घरमा लगि २/३ महिना राखेपछि प्रहरीले समात्छ भनि पासपोर्ट फिर्ता गरिदिएका थिए ।

पीडितले पासपोर्ट प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले घरबाट मगाइ तिरेको र हवाई टिकटसमेत आफैं काटी नेपाल फर्किएका थिए ।

अमेरिका पुर्‍याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस गिरोहले करिब १५ जना नेपालीलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाइ राखिरहेको र उनीहरुबाट साढे ७ करोड लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु