११ किलो सुन प्रकरणमा मुछिएका मिलनसहित दुई जना ९८ लाखसहित पक्राउ, सम्पत्ति शुद्धीकरणमा मुद्दा



काठमाडौं । काठमाडौंको दरबारमार्गबाट करिब एक करोड नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुन्डी कार‍ोबारी २ जनालाई सार्वजनिक गरेको छ । ९८ लाख रुपैयाँ सहित रुपन्देहीका समीर सुनार र मिलन बिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

मिलन दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनको मुद्दा सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा चलिरहेको छ ।

उनीहरु फोर्डको गाड‍ीसहित पक्राउ परेका हुन् । दुवै जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

हुन्डी कारोबारमा प्रहरीले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन लागिएको यो पहिलो घटना हो ।

यो रकम अवैध सुनको कारोबारमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु