नेपालमा एसेट म्यानेजमेन्ट कम्पनी आवश्यक: सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अबको दिनमा डिजिटल लेन्डिङमा जानुको विकल्प नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि-बजेट राउन्टेबल कार्यक्रममा अध्यक्ष केसीले यसले बैंकको लागत घटाउने उनले बताए ।

उधारो उठाउन समस्या भएको र त्यसका लागि कानुन आवश्यक रहेको केसीले बताए । उधारो कारोबार नहुने हो भने लगानी बढ्ने उनको भनाइ छ ।

केसीले पावर ट्रेडिङ लगानीको ठूलो क्षेत्र भएको र यसमा बैंकिङ क्षेत्रको लगानी बढाउन आवश्यक रहेको बताए ।

भौतिक पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने केसीले बताए । पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढीरहेको उनले बताए । ब्लेन्डेड फाइनान्स हुने हो भने बैंकहरु लगानी गर्न तयार रहेको उनले बताए ।

१० वर्षअघि २२ प्रतिशत रहेको आरओई अहिले ८.५५ रहेको केसीले बताए । नेपालमा एसेट म्यानेजमेन्ट कम्पनी आवश्यक रहेको केसीको भनाइ छ ।

बैंकमा पैसा भए पनि पुँजी पर्याप्त नभएका कारण कर्जा विस्तारमा समस्या रहेको केसीको भनाइ छ । नयाँ खालको पुँजी सिर्जना गर्न आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु