प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, उपचार गर्न पुगे वीर अस्पताल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्यमा समस्या देखिएको छ । समस्या देखिएपछि उनी वीर अस्पताल पुगेका छन् ।

दाँतमा समस्या देखिएपछि उनि उपचारका लागि सरकारी अस्पताल पुगेका हुन् ।

आज बिहानैदेखि दात दुखेपछि उपचारका लागि वीर अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।

अहिले प्रचण्डको उपचार डा.रितु श्रेष्ठ नेतृत्वको टिमले गरिरहेको बताइएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ नेताहरु निजी अस्पताल र विदेश जाने गरेको भन्दै आलोचना भइरहँदा प्रचण्ड वीर अस्पताल पुगेका हुन् ।


क्लिकमान्डु