न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट



काठमाडौं । न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक टिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहबीच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु