माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन



काठमाडौं । माछापुछ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन-७ को उपाधि जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुछ्रे बैंक पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुछ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रे«को जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ ।


क्लिकमान्डु