नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई ९ वर्ष कैद



काठमाडौं‌ । भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको छ । पौडेललाई बिगोसहित त्यति नै जरिवाना पनि हुने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलविरुद्ध मंगलबार यस्तो उक्त फैसला गरेको हो ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् ।


क्लिकमान्डु