वित्तीय क्षेत्र सुदृढीकरण गर्न र पहुँच बढाउन विश्व बैंकको पाैने ११ अर्ब रुपैयाँ सहायता



काठमाडौं । विश्व बैंकको कार्यकारी बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८ करोड अमेरिकी डलर (१० अर्ब ६९ करोड रुपैयाँ) विकास नीति ऋण स्वीकृत गरेको छ ।

तेस्रो फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पॉलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सघाउन वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको विश्व बैंकले जनाएको छ ।

यस सहायताले नेपालको बैंकिङ र बिमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बिमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।

यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गर्दै डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरता मार्फत वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्नेछ ।

“यस परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्दछ र विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पु¥याउने गरि नेपालको आर्थिक वृद्धिमा योगदान पु¥याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्नेछ,“ नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने ।

यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्दछ, उदाहरणका लागि, ग्रिन बन्ड जारी गर्न एउटा संरचना स्थापना र क्रेडिट ग्यारेन्टी उत्पादनहरूमा जलवायु सम्बन्धी न्यूनीकरण र अनुकूलन प्रतिबद्धताहरू एकीकृत गर्दै जलवायु सम्बन्धी जोखिमहरू र बैंकिङ क्षेत्रको पोर्टफोलियोको प्रभावहरूको खुलासा गरी जलवायु जोखिमहरूको पर्यवेक्षणलाई बढाएर जलवायु जोखिम सहित बिमा उत्पादनहरूको लागि जोखिम–सूचना मूल्य निर्धारण गर्ने विश्व बैंकले आशा गरेको छ ।

“यस सहयताले निजी क्षेत्रको नेतृत्वमा वृद्धिलाई प्रवद्र्धन गर्न सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार एजेन्डालाई समर्थन गर्दछ,’ यस परियोजनाका लागि विश्व बैंकको कार्य टोली प्रमुख तात्सियाना क्लियात्स्कोभाले बताइन्, “बैंकिङ, बिमा र पूँजी बजारमा भएका सुधारहरू यस क्षेत्रको लचिलोपन र निजी पुँजी परिचालनलाई सक्षम बनाउन यसले खेल्ने महत्वपूर्ण भूमिकाका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।’


क्लिकमान्डु