चीनको श्रमिक दिवसमा पर्यटक बढे तर खर्च घटाए



एजेन्सी । चीनमा श्रम दिवसको बिदाको अवसरमा पर्यटकहरुको आवागमनमा वृद्धि भएको देखिएको छ । तर पर्यटकहरुले आफ्नो खर्चमा कटौती गरेका छन् ।

चीनमा हरेक वर्ष श्रम दिवसको अवसरमा मनाइने पाँचदिने बिदा आइतबार सकिएको छ । यस अवधिमा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनका मुख्य सहरमा २९ करोड ५० लाख पर्यटकले भ्रमण गरेको त्यहाँको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

यो संख्या २०१९ को श्रम दिवसको बिदामा भ्रमण गर्ने पर्यटकको संख्याभन्दा २८ प्रतिशतले बढी हो । तर त्यसबेलाको बिदा चार दिनमै सकिएको थियो । तर त्यसको केही महिनापछि २०२० मा भने कोरोना महामारीका कारण चीनको पर्यटन ठप्प भएको थियो ।

यस वर्ष भने श्रम दिवसको पर्यटन राजश्व २३ अर्ब ६० करोड रहेको तथ्यांक छ । जुन २०१९ को भन्दा १३ प्रतिशतले बढी हो । यसअनुसार पर्यटकहरुले पाँच वर्षयता हरेक भ्रमणमा ६ प्रतिशतले खर्च कटौती गरेको देखिने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसबीचमा पर्यटकहरुले सिनेमा, सपिङ लगायतका खर्चमा कटौती गरेको बताइन्छ ।


क्लिकमान्डु