ललितपुरमा आगलागी: एकै परिवारका ५ जना घाइते, बालिकासहित ३ जनाको अवस्था गम्भीर



फाइल तस्बिर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।

मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । बालिकासहित ३ जना आईसीयूमा उपचाररत् रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु