ईडीभीको नतिजा हेर्नुभयो, यस्तो छ तरिका



काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ ।

युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो ।

ईडीभीको नतिजा ईडीभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा हेर्न सकिन्छ । यस लिंकमा क्लिक गरेर नतिजा हेर्न सकिन्छ।

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्छ । कन्फर्मेशन नम्बरसँगै त्यहाँ थर र जन्म मितिसमेत राख्नुपर्ने हुन्छ।

यदि सो कन्फर्मेशन बिर्सिएको छ भने पनि ‘Forgot Confirmation Number’ मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्नेछ ।

ईडीभी विजेता भनेर कुनै इमेल नआउने अमेरिकी दूतावासले जनाएको छ । यसका साथै, भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क माग्ने खालका कुनै पनि कुरा नहुने भएकाले अनावश्यक रूपमा आउने मेलहरूमा भर नपरी ठगीबाट बच्न दूतावाससले जनाएको छ ।


क्लिकमान्डु