यी हुन् क्रिप्टोमा लगानी गरेर अर्बपति बनेका १५ धनाड्य



काठमाडौं । नेपालमा क्रिप्टो करेन्सी र बिटक्वाइनको आम्दानीलाई मान्यता नदिइरहँदा कतिपय समृद्ध देशहरुमा भने यसमा लगानी गरेर अर्बपति बनेका उद्यमीहरु प्रसस्त छन् ।

ती देशहरुले क्रिप्टो करेन्सीलाई व्यवस्थित गर्दा गत वर्ष मात्रै फोर्ब्सको सर्वाधिक धनाढ्यहरुको सूचीमा ९ जना परे भने २०२४ को फोर्ब्स सूचीमा १७ जना क्रिप्टो बिलिनियर परेका छन् ।

पछिल्लो १२ महिनामा क्रिप्टो करेन्सीको कुल मूल्यमा १७० प्रतिशतले वृद्धि भएको बताइएको छ । जस अनुसार बजार मूल्यमा लगभग १ दशमलब ६ ट्रिलियन डलरको वृद्धि भएको हो ।

पहिलो पटक फोर्ब्सको अर्बपति सूचीमा पर्नेहरु जियानकार्लो देवासिनी, पाओलो अर्डोइनो, जिन लुइस भ्यान डेर वेल्डे र स्टुअर्ट होइग्नर थिए ।

यस वर्ष बिटक्वाइनमा ठूलो लगानी गर्ने सफ्टवेयर कम्पनी माइक्रोस्ट्राटेजीका सिईओ माइकल सेलरको सम्पत्ति हाल अनुमानित ४४ बिलियन अमेरिकी डलर छ । जवकि गत वर्ष उनको सम्पत्ति ७६० मिलियन डलर थियो ।

यस्तै क्रिप्टो एक्सचेन्ज क्वाइनबेसका सिईओ ब्रायन आर्मस्टङको सम्पत्ति लगभग ११.२ बिलियन डलर छ । जवकि गत वर्ष उनको सम्पत्ति २.२ बिलियन डलर थियो ।

२०२४ मा क्रिप्टोबाट धनी हुने अर्बपतिहरु

१. चेङपेङ झाओ

कुल सम्पत्ति : ३३ बिलियन डलर
स्रोत : बाइनान्स

झाओ जस्टिस एन्ड कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन विभागबाट मनी लन्ड्रिङको मुद्दामा दोषी ठहर भएपछि २०० मिलियन डलर फाइन तिरेका थिए उनले । यससँगै उनी बाइनान्सको सिईओको पद छोड्न पनि बाध्य भए । साथै बाइनान्समा तीन वर्षसम्म लगानीका लागि पनि उनलाई रोकिएको छ ।

बाइनान्स क्रिप्टोकरेन्सी मार्केटमा सर्वाधिक कमाउने कम्पनीको रुपमा चिनिएको छ । जसले गत वर्ष मात्रै ९ बिलियन डलरको रेभेन्यु सिर्जना गरेको थियो ।

२. ब्रायन आम्र्सटङ

कुल सम्पत्ति : ११.२
आम्दानीको स्रोत : क्वाइनबेस
२०१३ मा सुरु गरिएको क्वाइनबेसका दुई संस्थापकमध्ये आम्र्सटङ एक हुन् । त्यसबेला उनीसँगै फ्रेड एरसाम पनि थिए । आम्र्सटङ कम्पनीका सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । जसले १८ प्रतिशत शेयर ओगटेका छन् । नोभेम्बरदेखि उनले क्वाइनबेसको १७० मिलियन डलर शेयर बक्रिी गरेका छन् ।

३. गियान्सार्लो देवासिनी

कुल सम्पत्ति : ९ दशमलब २ बिलियन
स्रोत : टेथर
देवासिनी टेथरको सबैभन्दा ठूलो शेयरहोल्डर पनि हुन् । टेथरले गत वर्ष मात्रै ६ दशमलब २ बिलियन नाफा कमाएको थियो । देवासिनी एक्लैले टेथरको ४७ प्रतिशत शेयर ओगटेका छन् ।

४. माइकेल सेलर

कुल सम्पत्ति : ४ दशमलब ४ बिलियन डलर
स्रोत : माइक्रोस्ट्राटेजी बिटक्वाइन
सेलर क्रिप्टोबाट प्रतिशतका आधारमा सबैभन्दा धेरै कमाउनेमध्ये एक अर्बपति हुन् । १९९० पछि सफ्टवेयर फर्म खोलेका उनले पछि बिटक्वाइनमा लगानी बढाए । जुन उनले पछिल्लो वर्ष मात्रै ५०० प्रतिशतले बढाएका छन् । उनको कम्पनी हाल १ लाख ९३ हजार बिटक्वाइन लिएर बिटक्वाइन बजारमा सर्वाधिक ठूलो कर्पोरेट होल्डरको रुपमा चिनिएको छ ।

५. पाओलो अर्डोइनो

कुल सम्पत्ति : ३ दशमलब ९ बिलियन डलर
स्रोत : टेथर
अर्डोइनो हाल टेथरको सिईओको भूमिकामा छन् । जसले कम्पनीको २० प्रतिशत जति हिस्सा ओगटेका छन् । उनी २०१४ मा पहिलोपटक टेथरको सिस्टर कम्पनी बिटफाइनेक्समा वेभ डेभलपरको रुपमा प्रवेश गरेका थिए । त्यसअघि उनले कम्प्युटर प्रोग्रामरको रुपमा स्टार्टअप पनि गरेका थिए ।

६. जिन लुइस भान डेर भेल्भे

कुल सम्पत्ति : ३ दशमलब ९ बिलियन डलर
स्रोत : टेथर
टेथरको पूर्व सिईओको रुपमा उनले कम्पनीलाई बैंक तथा अन्य निकायहरुसँग उच्चस्तरीय रणनीतिक सम्बन्ध स्थापित गराउने भूमिकामा उनको महत्वपूर्ण योगदान मानिन्छ । हाल उनले यस कम्पनीको २० प्रतिशत शेयर ओगटेका छन् ।
उनले युनिभर्सिटी अफ ताइवानमा भर्ना हुनका लागि १९८५ मा नेदरल्यान्ड छाडेका थिए । त्यसपछि उनी टेथरमा प्रवेश गर्नुअघि केही आईटी सम्बन्धी स्टार्टअप बिजनेस सुरु गरिसकेका थिए । हाल उनी हङकङमा बस्दै आएका छन् ।

७. क्रिस लार्सेन

कुल सम्पत्ति : ३.२ बिलियन
स्रोत : रिपल एक्स आरपी
२०१२ मा रिपल सुरु गर्दाका एक संस्थापक लार्सेन पनि हुन् । प्रारम्भिक चरणमा अन्तर्राष्ट्रिय क्रिप्टो भुक्तानीका लागि यो कम्पनी सुरु गरेका थिए । उनले रिपलको सिईओ २०१६ मा छाडे । तर कार्यकारी अध्यक्ष भने बनिरहे । हाल उनले १८ प्रतिशत शेयर ओगटेका छन् ।

८. फ्रेड एरसाम

कुल सम्पत्ति : ३.२ बिलियन डलर
स्रोत : क्वाइनबेस प्याराडाइम
एरसामले क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी क्वाइनबेस २०१२ मा ब्रायन आम्र्सटङसँग मिलेर सुरु गरेका थिए । र उनले २०१७ मा कम्पनी छोडे । तर कम्पनीको बोर्डमा भने बसिरहे । अहिले पनि कम्पनीको ५ प्रतिशत शेयर लिइरहेका छन् । २०१८ मा उनले क्रिप्टोकरेन्सी इन्भेस्टमेन्ट फर्म प्याराडाइम सुरु गरेका छन् । जसले अहिले ८ बिलियन डलरको पुँजी बनाइसकेको छ । क्वाइनबे्सले मात्रै गत वर्ष २ दशमलब ९ बिलियन रिभेन्यु संकलन गरेको थियो ।

९. म्याथ्यु रोस्जक

कुल सम्पत्ति : ३.१ बिलियन डलर
स्रोत : बिटक्वाइन एथेरियम
बिटक्वाइनमा प्रारम्भिक चरणमा लगानी गर्नेमध्ये म्याथ्यु एक हुन् । उनले २०१० मा नै पहिलो पटक बिटक्वाइन किनेका थिए । उनको धेरैजसो आम्दानी सुरुमा क्रिप्टोकरेन्सीमा गरेको लगानीबाटै आउने गरेको छ ।

१०. जेड म्याक क्याबेल

कुल सम्पत्ति : २.९ बिलियन डलर
स्रोत : एक्सआरपी सेल्स
अर्का क्रिप्टो पायोनियर म्याक क्यालेबले पहिलो पटक २०१० मा माउन्ट गक्स खोलेका थिए । तर एक वर्षपछि र साइट ह्याक हुनुभन्दापहिले नै उनले यसलाई बेचिसकेका थिए । म्याक क्याबेलले २०१२ मा फेरि रिपल सुरु गरे । उनले त्यहाँ पनि छाडे । उनले अधिकांश सम्पत्ति एक्सआरपीको शेयर बेचेर नै कमाएका छन् । जसको कोफाउन्डर थिए उनी । उनले आफ्नो अन्तिम क्वाइन २०२२ मा बेचेका थिए ।

११. टेलर विंकलेभोस

कुल सम्पत्ति : २.७ बिलियन अमेरिकी डलर
स्रोत : बिटक्वइन जेमिनी
विंकलेभोस जुम्ल्याहा दाजुभाइ मार्क जुकरबर्गसँगको २०१० तिर विवादका कारण चिनिन्छन् । २०१३ मा उनीहरुको अधिकांश रकम बिटक्वाइनसँग जोडिएको छ भन्ने खबर आएको थियो । जुन उनीहरुले २०१२ मा पहिलो पटक किनेका थिए । साथै उनीहरुको ठूलो रकम एथोरिअम र फाइलक्वइनमा पनि छ भन्ने विश्वास गरिन्छ ।
विंकलेभिले जेमिनीको ७५ प्रतिशत हिस्सा लिएका छन् । जेमिनीले भने क्वइनबेस र बाइनान्स जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्छ । २०२१ मा उनीहरुले जेमिनीको मूल्य ७ बिलियन राखेका थिए । तर हाल फोर्ब्सले जेमिनीले जेमिनीको सम्पत्ति १ बिलियन डलरभन्दा कम रहेको जनाएको छ ।

१३. माइक नोभोग्राज
कुल सम्पत्ति : २.५ बिलियन डलर
स्रोत : ग्यालेक्सी डिजिटल होल्डिङ्स, बिटक्वइन
बिटक्वाइमा सुरुतिरै लगानी गर्नेमध्ये नोभोग्राज पनि एक हुन् । उनले नेतृत्व गरेको क्रिप्टो फर्म र मर्चेन्ट बैंक ग्यालेक्सी डिजिटल होल्डिङ्सले टोरन्टो स्टक एक्सचेन्जमा व्यापार गरेको छ । जसको व्यावस्थापन अन्तर्गत ६ बिलियन सम्पत्ति छ । कम्पनीमा नोभोग्राजको शेयर भने २ बिलियन डलर रहेको छ ।
क्रिप्टोमा काम गर्नुअघि उनी वाल स्ट्रिटमा काम गर्थे । यस्तै गोल्डम्यान स्याक्समा एक दशक बिताए । त्यसपछि भने उनले फोर्टेस इन्भेस्टमेन्ट ग्रुपको नेतृत्व गर्थे ।

१४. स्टर्ट होग्नर

कुल सम्पत्ति : २.५.बिलियन डलर
स्रोत : टेथर
स्टर्ट २०१४ देखि टेथर र यसका अन्य कम्पनीका लागि जेनरल काउन्सिलको रुपमा काम गरेका थिए । र त्यहाँ उनले १३ प्रतिशत स्टेक लिए । उनी क्यानेडियन सर्टिफाइड एकाउन्टेन्ट थिए । उनी गेमिंग काउन्सिलको रुपमा पेशा सुरु गर्नुअघि अन्र्सट एन्ड योंगबाट करिअर सुरु गरेका थिए ।
यद्यपि टेथरलाई आतंककारी समूहका लागि लगानी गरेको आरोप लागेको थियो ।

१५. टिम ड्रापर

कुल सम्पत्ति : २ बिलियन डलर
सम्पत्तिको स्रोत : बिटक्वाइन
ड्रापर प्रारम्भिक चरणमा बिटक्वाइनमा लगानी गर्नेमध्ये एक हुन् । उनले २०१४ मा नै अमेरिकी सिल्क रोड ब्ल्याक मार्केटबाट २९६५६ बिटक्वाइन खरिद गरेका थिए । उनले १८ दशमलब ७ बिलियन अर्थात् प्रति क्वाइन ६३२ डलरमा खरिद गरेका थिए । उनको हाल कुल सम्पत्ति २ बिलियन डलर पुगिसकेको छ ।


क्लिकमान्डु