लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक लिमिटेडलाई सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेकोमा कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा यी दुई विकास बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले यस बैंकबाट इजाजतपत्रप्राप्त “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. १९ को बुँदा नं.२ मा रहेको वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको उल्लेख गरेको छ। सोहि निर्देशनको बुँदा नं. १६ मा उल्लेख भए बमोजिम शंकास्पद कारोवार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको (आंशिक कार्यान्वयनको स्थितिमा रहेको) पाइएको भन्दै लुम्बिनी विकास बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को बुँदा नं.१(क) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को बुँदा नं. १ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले एक्सल डेभलपमेन्ट बैंकलार्य पनि यस बैंकबाट इजाजतप्राप्त “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. १९ को बुँदा न.२(४) र २(८) को पूर्ण परिपालना भएको उल्लेख गरेको भन्दै कारवाही गरेको छ । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को बुँदा न.१(क) र बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को बुँदा न. १(क) बमोजिम सचेत गराइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु