विश्व अर्थतन्त्रमा मन्दी: मलेसियामा एक सयभन्दा बढी केएफसीका शाखा बन्द



काठमाडौं । विश्वभर फैलिएको अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियामा रहेका शाखाहरु बन्द गरेको छ । कम्पनीले अर्थतन्त्रमा देखिएको चुनौतीपूर्ण अवस्थाका कारण मलेसियाका शाखाहरु बन्द गरेको जनाएको छ ।

मलेसियाका स्थानीय सञ्चारमाध्यमका अनुसार केएफसीको शाखाहरु बन्द गर्नुको कारण इजरालसँगको सम्बन्ध रहेको छ । मलेसियाको स्थानीय सञ्चारमाध्यमले इजरायलसँगको सम्बन्धका कारण मलेसियाको केएफसी ग्राहकहरुले फास्ट फुड बहिष्कार गरेपछि कम्पनीले आफ्ना शाखाहरु अस्थायी रुपमा बन्द गरेको हो ।

मलेसियामा अधिकांश मुस्लिम छन् । साथै मलेसियनहरु प्यालेस्टिनीहरूको कट्टर समर्थक हुन् । इजरायलले गाजामा गरेको सैन्य कारवाहीको aबिरोध जनाउँदै अन्य केहि मुस्लिम देशहरुमा पश्चिमी फास्ट फुडहरुमाथि बहिष्कार गर्ने अभियानको थालनी भएको छ । त्यस्तै मेलसियामा पनि केहि पश्चिमी फास्ट फूड ब्राण्डहरूमाथि बहिष्कार अभियानको थालनी भएको छ ।

मेलसियामा केएफसी र पिज्जा हटको फ्रन्चाईज लिएको क्यूएसआर ब्राण्ड (एम) होल्डिङ बीएचडीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मेलेसियाका शाखाहरु अस्थायी रुपमा बन्द गरेको जनाएको छ ।

कम्पनीअनुसार मलेसियामा केएफसीको बढ्दो व्यापार लागत व्यवस्थापन गर्न र उच्च व्यापार हुने क्षेत्रहरूमा ध्यान केन्द्रित रहेको भन्दै अस्थायी रूपमा शाखाहरु बन्द गर्ने कदम चालेको उल्लेख गरेको छ ।

कम्पनीले मलेसियामा रहेको कतिवटा आउटलेट प्रभावित हुनेबारे केही उल्लेख गरेको छैन । तर स्थानीय सञ्चार माध्यमअनुसार एक सयभन्दा बढी शाखाहरु बन्द भएको उल्लेख गरेको छ । साथै कम्पनीले बन्द गरिएको शाखामा रहेको कर्मचारीहरुलाई अन्य शाखामा स्थानान्तरण गर्न जनाएको छ ।


क्लिकमान्डु