प्रभु बैंकमा दुई सञ्चालक नियुक्त



काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् ।


वैशाख १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट एक र सर्वसाधारण समूह तर्फबाट १ गरी दुई जनालाई नियुक्त गरेको हो ।


बैंंकका संस्थापक सेयरधनीको तर्फबाट क्लाउड मण्डप प्रालिका प्रतिनिधिको रुपमा काठमाडौं महानगरपालिका–४ विशालनगर का किशोर जंग कार्की र सर्वसाधारण समूह तर्फबाट ललितपुर महानगरपालिका–१५ खुमलटारका भावना बलायर नियुक्त भएका छन् ।


क्लिकमान्डु