एनआइसी एशियाको डेपुटी सीईओमा अर्जुन खनियाँ

161
Shares

काठमाडौं । एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ)मा अर्जुन राज खनियाँ नियुक्ति भएका छन् । यसअघि सहायक महाप्रबन्धकको रुपमा कार्यरत खनियाँलाई बैंक सञ्चालक समितिले डेपुटी सीइओमा बढुवा गरेको हो ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेभएका खनियाँसँग बैंकका विभिन्न शाखाहरु, विभागहरु एवं इकोसिस्टमहरुमा काम गरी २० वर्षभन्दा लामो अनुभव छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनी सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

खनियाँले यसअघि बैंकको स्ट्राटेजिक प्रफर्मेन्स म्यानेजमेन्ट इकोसिस्टम/एक्सपेरियन्स एस्यूरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी तथा प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Skip This