लक्ष्मी सन्‌राइज बैंकको २ वटा शाखा स्थानान्तरण



काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा रहेको २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-२, बालकोटमा स्थानान्तरण गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका पेप्सिकोलामा रहेको २ मध्ये १ शाखा भक्तपुर जिल्ला मध्यपूर ठिमी नगरपालिका-८,बोडेमा स्थानान्तरण गरेको जनाएको छ ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।


क्लिकमान्डु