साढे २ अर्ब कमाएको एभरेष्ट बैंकको वितरणयोग्य नाफा पौने ३ अर्ब




काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले करिब साढे २ अर्ब नाफा कमाउँदा यसको चालु आर्थिक वर्षको चैतसम्मको वितरणयोग्य नाफा भने २ अर्ब ७५ करोड अर्थात पौने ३ अर्ब रुपैयाँ छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको चैतसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ छ । यस्को यस्तो नाफा गत वर्ष ३ अर्ब ५२ करोड रुपैयाँ थियो ।

यो बैंकले २०८० चैतसम्ममा कुल ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । यस्तो आम्दानी गत वर्ष २०७९ चैतसम्ममको तुलनामा करिब ५ करोड रुपैयाँले मात्रै बढेको देखिएको छ । यसको उठाउन बाँकी ब्याज चैतसम्ममा ३९ करोड ३४ लाख मात्रै छ ।

बैंकको जोखिम व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम (इम्पेरिमेन्टल चार्ज) ५५ करोड रुपैयाँबाट बढेर ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकले ग्राहकबाट २ खर्ब १४ रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ९२ करोड रुपैयाँ राखेको छ ।

एभरेष्ट बैंकको खराब कर्जा अनुपात ० दशमलव ७० प्रतिशत मात्रै छ । यस्तो खराब कर्जा अनुपात गत वर्षकै सीमामा राख्न सफल भएको छ । यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको पनि वित्तीय विवरणमा उल्लेख छ ।


क्लिकमान्डु