माछापुच्छ्रे बैंकको नाफा घट्यो, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । माछापुच्छ्रे बैंकले चैत मसान्तसम्म ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३६.७३ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३५ करोड १९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । जसको असर बैंकको नाफामा देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी ६.९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड ९८ लाख १२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ३०.७५ प्रतिशतले घटेर १ अर्ब ३४ करोड ७१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.६८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४ पैसा रहेको छ ।


क्लिकमान्डु