सिटिजन्स बैंकको नाफा १ अर्ब २१ करोड, खराब कर्जा घट्यो



काठमाडौं । सिटिजन्स बैंकले चैत मसान्तसम्म १ अर्ब २१ करोड १४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.९९ प्रतिशतले थोरै हो । गत वर्षको चैत मसान्तसम्म बैंकल १ अर्ब २३ करोड ६० लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी घटेको छ । जसको असर नाफामा देखिएको छ । गत चैत मसान्तमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३९ करोड ९१ लाख ८० हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ४ अर्ब २५ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा गत चैतमा १ अर्ब ७६ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेकामा गत अहिले १ अर्ब ८६ करोड १७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
१ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३९ अर्ब ८३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ३.७६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.९८ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९८ पैसा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु