कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, खराब कर्जा घट्यो



काठमाडौं । चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.१२ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २१.६० प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८३ करोड ६ लाख ४१ हजार रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा घटेर ०३८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४२ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ ।


क्लिकमान्डु