लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढ्यो, खराब कर्जा ५ प्रतिशत नाघ्यो



काठमाडौं । चैत मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ८४ करोड ९० लख ५० हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.४९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ ।


क्लिकमान्डु