नबिल बैंकको नाफा ८.७६ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ८.७६ प्रतिशतले घटेको छ । गत चैत मसान्तसमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड ४२ लाख २६ हजार रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु