मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच सम्झौता



काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गर्न भन्दै फाईनान्स फ्रेन्डसँग सम्झौता गरेको जनाएको छ ।

बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाईनान्स फ्रेन्डका तर्फ बाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु